0
Shares
काठमाडाैं– गायक तथा युवा उद्यमी आरोहण श्रेष्ठको शब्द रचना तथा गायनमा तयार भएको “सपनाको घर” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । जेनेसिस इभेन्टस प्रा. लि. को पहिलो प्रस्तुति रहेको “सपनाको घर” गीतमा नायिका नम्रता सापकोटा तथा नायक शिशिर शिवाकोटीको अभिनय रहेको छ ।
आज राजधानी आयोजित एक कार्यक्रमका बीच प्रेम कथामा आधारीत उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । सो गीतको निर्देशन युवा निर्देशक नारायण प्रधानले गरेका हुन । इलाम, झापा लगायतका स्थानमा छायांकन गरिएको म्युजिक भिडियोको छायांकन रोशन मर्हजन र अनिष तामाङ्गले गरेका हुन। “सपनाको घर”मा बज्र क्रियशनका कोबिद बज्र र बिकेश बज्रको संगीत रहेको छ ।