बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ

0 Shares

काठमाडौँ – न्यायाधीश भुवन गिरीलाई प्रहरीले पक्राउ गरेको छ । न्यायाधीश गिरी जिल्ला अदालत कपिलवस्तुमा कार्यरत थिए ।  वैवाहिक बलात्कार आरोपमा उनलाई सामाखुसीबाट पक्राउ गरिएको छ ।

पत्नी आरती गिरी रावलले उनीविरुद्ध वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी छिन् । गिरीलाई अनुसन्धान र कारवाहीका लागी कपिलवस्तुमा पठाइने  भएकाे छ ।

सम्बन्धित समाचारसबै