२० हजार अमेरिकी डलरसहित विमानस्थलबाट २ जना पक्राउ

0 Shares

काठमाडौं-: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० हजार अमेरिकी डलरसहित २ जना बंगलादेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोफिजुल इस्लाम र देवसिस कुमार साह रहेका छन्। उनीहरू विमान बंगलादेश ३७२ उडानबाट बंगलादेशको राजधानी ढाका जान लागेका थिए। उनीहरूलाई त्रिअबि प्रहरीले अन्तिम सुरक्षा जाँचका क्रममा मंगलबार बिहान पक्राउ गरेको स्रोतले जनाएको छ।

प्रारम्भिक बयानका क्रममा उनीहरूले उक्त रकमको स्रोतको बारेमा केही बताउन नसकेको प्रहरीको भनाइ छ। उनीहरूलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा बुझाउने तयारी भइरहेको छ।

सम्बन्धित समाचारसबै