‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

0 Shares

काठमाडौँ – शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज तीन खेल हुँदै छन् । दुई खेल दिउँसो २ बजेबाट सुरु हुनेछ भने एक खेल साँझ ५ः४५ बजेबाट सुरु हुनेछ ।

आजका तीन खेलमध्ये दुई खेल दशरथ रङ्गशाला र एक खेल च्यासल मैदानमा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र सङ्कटा क्लबबिच प्रतिस्पर्धा हुनेछ ।  यस्तै रङ्गशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र रोयल ब्लु सातदोबाटो क्लबबिच प्रतिस्पर्धा हुनेछ। च्यासल मैदानमा एपीएफ क्लव र हिमालयन शेर्पाबीच खेल हुनेछ ।

सम्बन्धित समाचारसबै