काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् : मेयर बालेन

0 Shares

काठमाडौं-काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले काठमाडौंको हितमा काम नगर्ने भए संघीय राजधानी र सिंहदरबार अन्य पालिकामा सार्नुपर्ने बताएका छन्।

केही दिन यता संघीय सरकार विरुद्ध विभिन्न टिकाटिप्पणी गर्दै आएका मेयर साहले आज चैत ३० गते राजधानी र सिंहदर दुवै काठमाडौं महानगरबाट सार्नुपर्ने धारणा राखेका हुन्।

साहले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्,  “कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस्।   “हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्। हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिन्छ, राजनीति हैन।”

सम्बन्धित समाचारसबै