जागिर लगाइदिन्छु भन्दै मेयरको सचिवालयका कर्मचारीले घुस मागेको अडियो सार्वजनिक

0 Shares

काठमाडौं – उदयपुरको चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाको सचिवालयमा कार्यरत कर्मचारी देवप्रकाश राईले घुस मागेको अडियो सार्वजनिक भएको छ ।

उनले नगरपालिकामा जागिर लगाइदिन्छु भनेर एक व्यक्तिसँग डेढ लाख रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएको हो । अडियोमा गुड्डुकुमारी मण्डलले आफूसँग अहिले ५० हजार रुपैयाँ रहेको बाँकी पैसा १० दिनभित्र दिने बताउँछिन् । तर राईले पुरै पैसा दिनुपर्ने अडान लिएका छन् ।

नगरपालिकाले नगरअस्पतालका लागि कम्‍प्युटर अपरेटर, ल्याब असिस्टेन्ट अनमी, अहेबलगायत करारमा नियुक्तिका लागि विज्ञापन गरेको थियो । उक्त विज्ञापनमा अनमीमा नाम निकालिदिने भन्दै राईले घुस मागेका हुन् । राईले भने सबै पैसा जम्मा गर्नेवित्तिकै फाइनल हुने बताएका छन् । नगर प्रमुख राईले बिहीबार विज्ञप्ति पनि निकालेका छन् । जसमा उनले नगरबासीको विश्वासको आँच आउने किसिमका कुनै पनि काम हुन नदिने प्रतिवद्धता जनाएका छन् ।

सम्बन्धित समाचारसबै