नेपाल उद्योग वाणिज्य महासंघको दोस्रो चरणको निर्वाचन ४ बजेदेखि

0 Shares

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको दोस्रो चरणको निर्वाचन ४ बजेदेखि हुने भएको छ। महासंघको विधानअनुसार उम्मेदवारले ५० प्रतिशत मतभार कटाउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुन लागेको हो। दोस्रो चरणको निर्वाचनका लागि उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ। उमेशलालले २८ र अञ्जनले ४७ मतमात्रै प्राप्‍त गरेका थिए। ३९ मतमात्र ल्याएका रामचन्द्र संघई प्रतिस्पर्धाबाट बाहिरिएका थिए।

मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले दोस्रो चरणको मतदान २ बजेदेखि हुने बताए। त्यसका लागि दुई पक्षबीच छलफल भइरहेको जानकारी दिए। महासंघको इतिहासमा त्रिपक्षीय भिडन्त पहिलोपटक भएको थियो। दोस्रो चरणमा संघई पक्षले कता भोट हाल्छ भन्ने विषयले नेपाल प्रज्ञा प्रतिष्ठान तातेको छ।

सम्बन्धित समाचारसबै