बलात्कारको उजुरी दर्ता गर्न मागेको घुससहित सई पक्राउ

0 Shares

काठमाडौं – बलात्कारको उजुरी दर्ता गर्न घुस मागेको आरोपमा सिरहामा एक प्रहरी सहायक निरीक्षक(सई) पक्राउ परेका छन् । सिराहाको इलाका प्रहरी कार्यालय मिर्चैयाको मुद्दा शाखाका सई सचिन भदिसवारलाई अख्तियारको टोलीले ९ हजार घुससहित पक्राउ गरेको हो ।

उनले बलात्कारको उजुरी दर्ता गर्न पीडितसँग ९ हजार घुस मागेको अख्तियारको दावी छ । अख्तियारका अनुसार उक्त उजुरी दर्ता गर्न अदालतले समेत आदेश जारी गरेको थियो । अख्तियारको टोलीले मिर्चैया–५ को थानाचोकबाट उनलाई ९ हजार घुससहित नियन्त्रणमा लिएको हो ।

सम्बन्धित समाचारसबै