सिद्धु मुसेवाला हत्याका आरोपी लरेन्स बिश्नोईका सहयोगीको तिहाड जेलमा हत्या

0 Shares

नयाँ दिल्ली –  सिद्धु मुसेवाला हत्याका आरोपी लरेन्स विष्णोईका सहयोगीको शुक्रबार तिहाड जेलमा हत्या भएको छ । लरेन्सका सहयोगी प्रिन्स तेवतियाको हत्या प्रतिद्वन्द्वी गिरोहले गरेको प्रहरीले जनाएको छ । ३३ वर्षीय राजकुमार तेवातिया तिहाड जेल नम्बर ३ को वडा नम्बर ६ मा थुनिएका थिए । कारागारमा ३८० कैदीबन्दी रहेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार जेलका एक अधिकारीले शुक्रबार साँझ ५: ३० बजे तेवातियाको प्रतिद्वन्द्वी गुटका कैदी अता उरहमानसँग झगडा भएको थियो।

झगडाका क्रममा कारागारमा नै तेवतियामाथि हतियार प्रहार भएको थियो । यसैबीच दुवै समूहका कैदीबन्दीबीच झडपसमेत भएको छ । जसमा तेवतिया र रहमानसहित चार जना गम्भीर घाइते भएका थिए ।  घाइतेहरुलाई दीनदयाल उपाध्याय अस्पताल लगिएको थियो । जहाँ चिकित्सकले तेवातियालाई मृत घोषणा गरेका थिए । घटनामा घाइते रहमान, बबी र विनयको उपचार भइरहेको छ भने घटनाको जाँचको आदेश दिइएको छ ।  तेवातिया गाजियाबादका निवासी थिए। उनीविरुद्ध ज्यान मार्ने उद्योगसहित १६ वटा फौजदारी मुद्दा दर्ता छन् ।

सम्बन्धित समाचारसबै