जिल्ला प्रहरी परिसरमा युवराज सफललाई दुर्व्यवहार

0 Shares

काठमाडौँ –  जिल्ला प्रहरी परिसर काठमाडौँको परिसरमा  युवराज पौडेल ‘सफल’लाई एउटा समूहले दुर्व्यवहार गरेको छ । रास्वपाका सभापति रवि लामिछानेका समर्थकहरूले उनलाई दुर्व्यवहार गरेका हुन् ।

युवराजले लामिछानेको नागरिकता विवादमा सर्वोच्चमा मुद्दा दायर गरेका थिए । आइतबार सफलले आफूलाई गाली गरेको भन्दै एक युवती प्रहरीकहाँ गएकी थिइन् । उनको आरोप थियो– ‘अन्तर्वार्ता लिन बोलाउँदा सफलले मलाई गाली गरे ।’ युट्युब च्यानल सञ्चालन गर्ने ती युवतीलाई प्रहरीले गाली बेइज्जती मुद्दा प्रहरीमा दर्ता नहुने भन्दै अदालत जान आग्रह गरेको थियो । टेकु परिसरमा दुर्व्यवहार  भएपछि प्रहरीले सफललाई त्यहाँबाट पठाएका थिए ।

सम्बन्धित समाचारसबै