एमाले अध्यक्ष केपी ओली अस्वस्थ 

0 Shares

काठमाडौँ– नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। ओलीले आइतबार सामाजिक सञ्जालमार्फत आफू अस्वस्थ भएको जनाएका हुन्।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । अध्यक्ष ओलीले आइतबार सामाजिक सञ्जालमार्फत आफू अस्वस्थ भएको जानकारी दिएका हुन् । ‘भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु’ अध्यक्ष ओलीले भनेका छन्– ‘तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरूको चुनावी अभियानमा सहभागी हुने मेरो इच्छा थियो । तर, अहिले म ती कार्यक्रमहरूमा सहभागी हुन सकिरहेको छैन ।’

उनले भनेका छन्– ‘तनहुँ– १ मा सर्वेन्द्र खनाल, चितवन–२ मा राम न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई हामीले उम्मेदवार बनाएका छौँ । तपाईँहरूको प्रतिनिधित्वका लागि उहाँहरू योग्य उम्मेदवार हुनुहुन्छ । उहाँहरूलाई विजय गराउनुहुन तनहुँ–१, चितवन–२ र बारा–२ का आम मतदाताहरू समक्ष म विनम्र आग्रह गर्दछु ।’  उनले स्वास्थ्य अवस्था ठिक भएपछि उपयुक्त समयमा मतदाताहरूसँग भेट्न आउने बताउँदै  तीनै जना उम्मेदवारहरूलाई विजयको शुभकामना समेत दिएका छन् ।

सम्बन्धित समाचारसबै