चितवन– चितवनमा कोरोना सङ्क्रनबाट एक जनाकाे मृत्यु भएको छ । पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमितको संख्या बढेसँगै पछिल्लो पटक चितवन जिल्ला भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुषको कोरोना सङ्क्रमणकाे उपचारकै क्रममा चितवन मेडिकल कलेजमा शनिवार मृत्यु भएको हाे।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको २४ घण्टाको रिपोर्ट अनुसार १ हजार ६ सय ४ जनाको पिसिआर परीक्षण र एनटीजेन परीक्षण गर्दा ९९ जना नयाँ कोरोना सङ्क्रमित पुष्टि भएको जनाएको छ । तर स्वास्थ्य मन्त्रालयको रिपोर्टमा कोभिडबाट मृत्यु हुनेको संख्या शून्य उल्लेख गरेको छ ।
हाल सम्म कोरोना सङ्क्रमणका कारण नेपालमा १ दशमल्भ २ प्रतिशत अर्थात् १२ हजार २३ जनाको मृत्यु भैसकेको र पिसिआर परीक्षण गर्ने ६० लाख २६ हजार ६ सय र एन्टीजेन परीक्षण गर्ने १५ लाख ५७ हजार ४ सय ९२ मध्ये पिसिआरबाट १० लाख २ हजार १ सय ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हाल काठमाडौँमा मात्र संस्थागत आइसोलेसनमा ३७ जना, आईसीयुमा ११ जना र भेन्टिलेटरमा ४ जना रहेको र सक्रिय सङ्क्रमित ३ सय ७७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमण बढेसँगै खोप लगाउनेको संख्यामा वृद्धि भएको मन्त्रालयले जनाएको छ ।