रास्वपा अध्यक्ष रवि लामिछानेका गाडी चालक घरको छतबाट खसेर गम्भीर घाइते

0 Shares

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा छतबाट खसेर गम्भीर घाइते भएका छन् । सोमबार विहान ४ बजेतिर चितवन भरतपुर ११ मा रहेको एक घरको तीनतलाबाट खसेर उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

टाउको र खुट्टामा गम्भीर चोट लागेका थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारसबै