मिटरब्याज पिडितहरुलाई न्याय दिलाइ छाड्छौँ : गृहमन्त्री श्रेष्ठ

0 Shares

काठमाडौँ– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकता विद्येकमा राष्ट्रिय सहमतिको अपेक्षा राखेको बताएका छन्। गृह मन्त्रालयमा आज भएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। संविधानले नै तोकेका व्यक्तिहरुलाई जतिसक्दो छिटो नागरिकता दिलाउने प्रयास गृह मन्त्रालयले गरीरहेको उनले बताएका छन्। उनी भन्छन्, ‘नागरिकता जस्तो संवेदनशिल विषयमा राष्ट्रिय सहमति होस् भन्ने हाम्रो चाहना छ।’

त्यस्तै अहिले मिटरब्याज पिडितहरु सडक आन्दोलनमा रहेको बताउँदै उनीहरुको समस्या समाधान गर्न मन्त्रालय तयार रहेकोसमेत उनले बताएका छन्।

‘मिटरब्याजी पिडितहरुलाई न्याय दिलाइ छाड्छौँ।’ उनी भन्छन्, ‘मिटरब्याजीहरु हरेकबाट उजुरी लिएर कति ठगिएको हो? को बाट ठगिएको हो? जस्ता सबै कुराहरुको जानकारी राखेर उनीहरुलाई न्याय दिलाउने काम गृह मन्त्रालयले गर्छ।’

अहिलेको आर्थिक अवस्थालाई सहयोग पुर्याउनका लागि राजश्व संकलन लगायतमा सहयोग पुग्ने किसिमका कार्यहरु गृह मन्त्रालयले गर्ने उनले बताएका छन्।

सम्बन्धित समाचारसबै