0
Shares
हेटौंडा – बाघको आक्रमणबाट हेटौंडा–१५ रातोमाटे सयफुटमा २ जना व्यक्ति घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा–१५ बस्ने १७ वर्षका सुमन घलान र सोही ठाउँ बस्ने ६५ वर्षका कृष्ण बर्थिङ रहेका छन् । बुधबार बिहानको समयमा हेटौडा–१५ सएफुट स्थित चुरियामाई सामुदायिक वनमा बाख्रा चराउने क्रममा उनिहरुलाई बाघले आक्रमण गरेको हा्े ।
घलानको दाहिने कुम, ढाडको बाँया साईड, छातिमा बाघले टोकेको छ भने बाघको टोकाइबाट थिङको घाँटीमा गहिरो चोट लागेको छ । घाइते दुबै जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार घाइते घलानको स्वास्थ्य अवस्था मध्यम रहेको छ भने थिङको अवस्था गम्भिर रहेको छ ।