0
Shares
विराटनगर – प्रदेशको नाम कोशी राखेको विरोधमा भएको प्रदर्शनका क्रममा मृत्यु भएका पदम लिम्बू (लाजेहाङ) को अन्तेष्टि शनिबार गरिने भएको छ । कोशी प्रदेश नामाङ्कनको विरोधमा गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा घाइते भएका उनको चैत १० गते उपचारका क्रममा मृत्यु भएको थियो । मृत्युको २९ दिनपछि उनको अन्त्येष्टि गर्न लागिएको हो ।
वैशाख ९ गते शव यात्रापछि अन्त्येष्टि गरिने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी केन्द्रीय उपाध्यक्ष विष्णु तुम्बाहाङ्फेले जानकारी दिइन् । अन्त्येष्टि अघि शवलाई अन्तिम श्रदान्जलीका लागि सुनसरीको धरान, इटहरी र विराटनगरमा राखिनेछ ।
मुख्यमन्त्री कार्यालय विराटनगर अगाडि केही समय श्रदाञ्जलीका लागि शव राखेर बेलबारीमा लगेर अन्त्येष्टि गर्ने तयारी रहेको उनले बताइन् । धरान बस्दै आएका लिम्बुको घर मोरङको बेलबारी-२ लालभित्तीमा पर्छ ।