कैलालीमा खैरो हेरोइनसहित २ जना पक्राउ

0 Shares

कैलाली – इलाका प्रहरी कार्यालय भजनीको टोलीले लागू औषध खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ । भजनी नगरपालिका वडा न. ३ कुसुमघाटस्थित नेपाल भारत सीमा नाकाबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका ३ बस्ने वर्ष २४ को अंकित चौधरी र आयरन चौधरी रहेका छन् । सु.प.प्र.०१-०१० प.५२३१ नम्बरको मोटरसाइकल चेक गर्दा अंकितको साथबाट ३१ ग्राम ७०० मिली ग्राम लागू औषध खैरो हेरोइन फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डिएसपी) कुलदिप चन्दले जानकारी दिए । प्रहरीले पक्राउ परेकालाई थुनामा राखी थप अनुसंधान भैरहेको जानकारी दिएको छ ।

सम्बन्धित समाचारसबै