0
Shares
पर्सा- वीरगंज महानगरपालिका-११ स्थित सडकबाट स्रोत नखुलेको १४ लाख नगदसहित एक व्यक्ति पक्राउ परेको छ। पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने ३२ वर्षीय छठु महत्तो रहेका छन्।
प्रहरीले प्रदेश ३-०३-००१ प १२३३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार महत्तोलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो। उनी उपर बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ।