जङ्गलमा लुकाएर राखेकाे तीन थान भरुवा बन्दुक बरामद

0 Shares

रुकुम पश्चिम – जङ्गलमा लुकाएर राखेकाे तीन थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।  रुकुम पश्चिमको मुसिकोट नगरपालिका–८ मा रहेको घोरखानी जङ्गलको ओडारमा लुकाएर राखेको बन्दुक प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुकुमार श्रेष्ठका अनुसार एक नाल र दुई वटा खाली भरुवा बन्दुक भेटिएको हो । भरुवा बन्दुक सिकार खेल्नको लागि ओडारमा राखेको हुन सक्ने आशङ्का गरिएको छ । यसअघि गएको फागुन १४ गते पनि जङ्गलमा चार नाल भरुवा बन्दुक भेटिएको थियो ।

सम्बन्धित समाचारसबै