भारतीय निर्देशक यश चोपडाकी श्रीमती पामेलाको निधन

0 Shares

एजेन्सी–   भारतीय सिनेमाका दिग्गज तथा दिवङ्गत निर्देशक यश चोपडाकी श्रीमती पामेला चोपडाको निधन भएको छ । पामेलाले ७४ वर्षको उमेरमा  बिहीबार बिहान निधन भएको हो ।

पामेला चोपडा आदित्य चोपडा र उदय चोपडाकी आमा हुन् । पामेला चोपडाले सन् १९७० मा यश चोपडासँग पारम्परिक रीति–रिवाजमा विवाह गरेकी थिइन् । श्रीमानको मृत्यु भएको करिब ११ वर्षपछि पामेलाको निधन भएको हो ।

सम्बन्धित समाचारसबै