यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

0 Shares

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   आज डलरको खरिद दर १३१ रूपैयाँ १४ पैसा र बिक्री दर १३१ रूपैयाँ ७४ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ८९ पैसा र बिक्री दर १४४ रूपैयाँ ५५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ १५ पैसा र बिक्री दर १६३ रूपैयाँ ९० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८९ पैसा र बिक्री दर ३६ रूपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

सम्बन्धित समाचारसबै