0
Shares
लमजुङ — लमजुङको घलेगाउँमा चट्याङ लागेर ३ जना घाइते भएका छन् । शुक्रबार दिउँसो साढे ३ बजेतिर परेको चट्याङले घलेगाउँको खेलमैदान र विद्यालयनजिकै पाखोचौरमा रहेका ३ जना घाइते भएका हुन् ।
घलेगाउँमा फुटवलको फाइनल खेलपछि पुरस्कार वितरणको कार्यक्रम सञ्चालन गर्दै गरेको डिलेश्वर, कार्यक्रम हेर्दै गरेका चेतकुमारी र अर्को एकजना दर्शक घाइते भएका छन्। घाइतेहरू बेंसीसहरस्थित लमजुङ अस्पताल ल्याइएको र उपचार भइरहेको बताए ।