0
Shares
बारा- आज उपनिर्वाचन भइरहेको बाराको देवताल गाउँपालिका-२ कल्याणपुर मतदान केन्द्रमा होहल्ला गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मतदाताको नाममा आएका व्यक्तिहरूले मतदानको क्रममा विवाद गरेपछि स्थिति नियन्त्रणमा लिने क्रममा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। मतदान भने जारी छ । बारामा उपेन्द्र यादव नेतृत्वको जसपाले बुथ लुट्ने प्रयास गरिएको भन्दै जनमत पार्टीले आरोप लगाउँदै आएको छ।
यसैगरी, मतपेटिकामा दुईवटा मतपत्र खसाउन खोजेपछि बारा क्षेत्र नम्बर २ को देवताल गाउँपालिका ७ स्थित जब्दी मतदान केन्द्रबाट जसपाका एक नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा जसपा नेता रामसागर यादव छन् । उनी देवताल गाउँपालिकाका स्थानीय नेतासँगै जिल्ला समन्वय समितिको सदस्य रहेको बताइएको छ ।