नयाँकिरण कमलकुसुम केन्द्रमा स्थगित मतदान सुचारु गर्न सर्वदलीय बैठक बस्दै

0 Shares

चितवन – नयाँ किरण कमलकुसुम माध्यमिक विद्यालयको मतदान सुरु गर्न सर्वदलीय बैठक बस्दै छ । बैठकपछि मतदान सुरु गर्ने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिए ।

जटिल समस्या नभएकाले केही बेरमा नै मतदान सुरु हुने बताइएको छ । सो मतदान स्थलमा सुरक्षा घेरा बढाइएको छ । बाक्लो मात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ । यो मतदान  केन्द्रमा दुई पक्षबीच विवाद हुँदा मतदान प्रभावित भएको थियो । मतदान केन्द्रमा रास्वपाका उम्मेदवार रवि लामिछानेसहित उनका कार्यकर्ताहरू नाराबाजी गर्दै प्रवेश गरेपछि गठबन्धन र एमालेका नेता कार्यकर्ताबीच विवाद भएको थियो ।  दुवैपक्षबीच भानाभनसहित झडप हुने अवस्था आएपछि प्रहरीले भिड नियन्त्रण गर्न लाठी प्रहार गरेको थियो ।

सम्बन्धित समाचारसबै