0
Shares
काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकाले कारबाही गर्न भन्दै चितवन निर्वाचन क्षेत्र नम्बर २ का मुख्य निर्वाचन अधिकृतसमक्ष उजुरी परेको छ । नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठका तर्फबाट निर्वाचन प्रतिनिधि ध्रुवराज पोखरेलले उजुरी दिएका हुन् ।
निर्वाचन प्रक्रिया सूचारु भइरहेको अवस्थामा सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट लामिछानेले मत मागेको अडियो/भिडियो सार्वजनिक भएको भन्दै कारबाहीका लागि माग गरिएको छ । लामिछानेले विभिन्न मतदान स्थलमा हुल हुज्जत गर्ने/गराउने गरी मतदातालाई प्रभावित पारेको समेत आरोप लगाइएको छ ।
