७ लाख ७१ हजार नक्कली नोटसहित महिला पक्राउ

0 Shares

जनकपुर — धनुषामा ७ लाख ७१ हजार ५ सय नक्कली नोटसहित  एकजना महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा धनुषा, बिदेह नगरपालिका–६ बस्ने २५ वर्षीया अनुकुमारी साह रहेकी  छिन्। उनलाई  जनकपुरको जिरोमाइलस्थित बसपार्कबाट नक्कली नोटसहित पक्राउ गरिएको हो ।

नेपाली नक्कली नोट ती महिलाले भारतबाट ल्याएर जनकपुर बजारमा चल्नचल्तीमा ल्याउन खोजेकी थिइन् ।  साहले सोमबार अपरान्ह कालो ब्याग बोकेर बसपार्कमा यताउता डुलिरहेको अवस्थामा शंका लागेर जाँच गर्दा नक्कली नेपाली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए।

 

सम्बन्धित समाचारसबै