0
Shares
काठमाडौं– नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । एमालेले वैशाख २८ देखि ३० गतेसम्म झापामा बस्ने गरी केन्द्रीय कमिटी बैठक बलाएको हो ।
बैठकमा उपनिर्वाचन र पार्टीको ग्रासरुट अभियानलगायतका विषयमा छलफल हुने केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
गत ५ फागुनबाट सुरु भएको एमालेको ग्रासरुट अभियान यही १० वैशाखमा सकिएको थियो । त्यसका बाबजुद पनि एमालेले उपनिर्वाचनमा भने हार बेहोर्यो । ऊ तीनै निर्वाचन क्षेत्रमा तेस्रोमा सीमित भयो ।