मनमोहन अधिकारीको २४ औँ स्मृति दिवस मनाइँदै

0 Shares

काठमाडौं– आज मनमोहन अधिकारीको स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ। अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । सोही स्मृतिमा नेकपा (एमाले) र मातहतका संगठनले अधिकारीको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना गरी स्मृति दिवस मनाउन लागेका छन् ।

नेपालको वाम प्रजातान्त्रिक आन्दोलनका नेता अधिकारीको नेतृत्वमा ०५१ मा नेकपा एमालेले ९ महिना सरकार चलाएको थियो। ९ महिने सरकारको लोकप्रियताको जस अहिले पनि नेकपा एमालेले पाउँदै आएको छ। अधिकारी प्रधानमन्त्री भएकै बेला आफ्नो गाउँ आफै बनाउँदेखि सामाजिक सुरक्षा भत्तालगायतका निकै लोकप्रिय कार्यक्रम ल्याएका थिए।

 

सम्बन्धित समाचारसबै