१२० किलो गाँजासहित भारतीय गाडी नियन्त्रणमा, चालक फरार

0 Shares

मोरङ– मोरङको विराटनगर महानगरपालिका १ स्थित नोबेल डेरी चोक इलाकाबाट सशस्त्र प्रहरीले करिब १ सय २० किलो गाँजासहित गाडी नियन्त्रणमा लिएको छ। मंगलबार इटहरीबाट बिराटनगरतर्फ जाँदै गरेको बी.आर ११ भी ७६४५ नम्बरको भारतीय स्कारपियो गाडीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मोरङ्गले गाँजासहित नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीले गाडी रोकेपछि चालक भने फरार भएका छन्।  गाँजा र गाडी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी
कार्यालय मोरङमा बुझाएको छ ।

सम्बन्धित समाचारसबै