महानगरका मापदण्डविपरीतका १५ पेट्रोल पम्प हटाइने

0 Shares

काठमाडौं – काठमाडौं महानगरपालिकाले मापदण्ड नपुगेका १६ वटा पेट्रोल पम्प हटाउने तयारी गरेको छ । नेपाल आयल निगमले कामपालाई उपलब्ध गराएको तथ्याङ्कअनुसार ती पेट्रोल पम्प हटाउने तयारी गरेको हो । कामपाले पामदण्ड पुरा नगरेका पम्पको नाम गोप्य राखेको छ । यद्यपि, कामपाले मापदण्ड नपुगेका पम्प सञ्चालकलाई सो बारेमा केही महिना अघि नै जानकारी भइसकेको दाबी गरेको छ ।

कामपाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले शुरूमा ती पम्पलाई हटाउन आग्रह गरिने र नमाने कामपाले आफैं हटाउने बताए । हाल उपत्यकाभित्र १ सय २३ पेट्रोल पम्प छन् भने काठमाडौं महानगरभित्र मात्रै ६६ वटा रहेका छन् । तीमध्ये ५१ वटाले मात्र मापदण्ड पूरा गरेको कामपाको भनाइ छ । कामपाले हिजो बिहीबार बालाजु पुलसँगै मापदण्डविपरीत घरको सटरबाट सञ्चालन भइरहेको कोतः धुकु आयल स्टोरमा सिलबन्दी गरेको थियो ।

कापमाका मेयर बालेन्द्र साहको नौं दिनअघि अर्थात वैशाख ६ गतेको निर्णयबाट सिलबन्दी गरेको हो । कामपामा प्रहरी प्रमुख पाण्डेले पटकपटक आग्रह गर्दा अटेर गरेपछि बाध्य भएर बन्द गरेको जिकिर गर्दै भने– ‘स्थानीयको दर्जनौं उजुरी आएको थियो । पम्प घरको सटरबाट सञ्चालनमा थियो । यसलाई जाली र फलामे साङ्लोले बेरेर लगाइएको तालामा शीलबन्दी गरेका छौं ।

उनले नेपाल अनुसारको मापदण्ड नपुगेका कारण तत्काल स्थानान्तरण गर्नुपर्ने १६ वटा पम्पको सूचीमा परेको यो पम्पका कारण सवारी साधन तथा पैदल यात्रुको आवागमनमा समस्या परेको र ट्राफिक व्यवस्थापनलाई असहज बनाएको बताए ।

पेट्रोलियम पदार्थको बिक्री क्षेत्र, बिक्रीस्थलको क्षेत्रफल तथा बिक्री स्थलमा उपलब्ध हुने पूर्वाधारको आधारमा विक्रेताको मापदण्ड तोकिएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

सम्बन्धित समाचारसबै