0
Shares
बाजुरा– बाजुरामा ट्र्याक्टरको टायरले च्यापिएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीगंगा नगरपालिका–४ जाडेपानीस्थित सडकमा ३१ वर्षीय खम्म रावत रहेका छन्।
सुदूरपश्चिम प्रदेश ०१–००२ त ४९७२ नम्बरको ट्र्याक्टरमा चढ्ने क्रममा ट्र्याक्टरको टायरमा च्यापिएर बिहीबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्र्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।