0
Shares
मकवानपुर- मकवानपुर प्रहरीले लागूऔषध अफिमसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । हेटौंडा-१० बसपार्कस्थित रहेको रोशन होटल अगाडि रोकिराखेको बिआर ०६ सिजेट ३५०५ नम्बरको भारतीय गाडी शंका लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट ३०० मिलिग्राम लागूऔषध अफिम जस्तो पदार्थ फेला परेको छ ।
३ सय मिलिग्राम अफिमसहित भारत मोतिहारी फुलबारीया बस्ने २८ वर्षीय मुकेशप्रसाद पासवान, ३० वर्षीय पिंकु शर्मा र ४५ वर्षीय कपिलदेब सहनीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको हो । गाडीसहित तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।