गण्डकीका मुख्यमन्त्रीले वैशाख २१ गते विश्वासको मत लिने

0 Shares

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बैशाख २१ गते विश्वासको मत लिने भएका छन् । मन्त्रीपरिषद् विस्तार अगावै पाण्डेले विश्वासको मत लिन लागेका हुन्।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले २१ गतेका लागि प्रदेश सभा बैठक आह्वान गरेका छन्। आइतबार बसेको मन्त्रीपरिषद्को बैठकको सिफारिस अनुसार बिहिबार दिउँसो २ बजे प्रारम्भ हुने गरेर प्रदेश सभा बैठक आह्वान गरेका हुन्।

पाण्डे नेपाली कांग्रेसका २७, नेकपा माओवादीका ७ र एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ ‘दीपक मनाङे’को समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

वैशाख १४ गते मुख्यमन्त्री नियुक्त नेपाली कांग्रेसका पाण्डेले भोलिपल्ट शपथ ग्रहण गरेका थिए। शपथ ग्रहणकै दिन नेपाली कांग्रेसकी सरस्वती अर्याल र नेकपा माओवादी केन्द्रकी सुशिला सिम्खडालाई मन्त्री नियुक्त गरेका थिए।

सम्बन्धित समाचारसबै