कस्तो रहनेछ आजको मौसम ?

0 Shares

काठमाडौं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशका पहाडी भू(भागहरूमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी प्रदेश , कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी भू(भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ ।

सोमबार देशका पहाडी भू(भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी प्रदेश , कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू(भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित समाचारसबै