रवि लामिछानेका सवारी चालक शम्भु थापाको मृत्यु

0 Shares

काठमाडौँ – घरको छतबाट लडेर गम्भीर घाइते भएका रास्वपा सभापति रवि लामिछानेका ड्राइभर शम्भु थापाको मृत्यु भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत ३९ वर्षीय थापाको मंगलबार  दिउँसो १ बजेर ३५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

वैशाख ४ गते बिहान ४ बजे चितवनस्थित एक घरको छतबाट लडेर सख्त घाइते भएका शम्भु सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का बासिन्दा हुन् । थापाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचारपछि काठमाडौँ ल्याएको थियो ।  उनको टाउकोमा गहिरो चोट लागेको थियो ।

सम्बन्धित समाचारसबै