कम्बोडिया पठाइदिने भन्दै ७ लाख ठगी गर्ने व्यक्ति पक्राउ

0 Shares

काठमाडौँ – वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  चितवनको राप्ती नगरपालिका वडा नम्बर ९ स्थित लालपुर स्थायी घर भई भक्तपुरको जगाती  बस्ने  राजु श्रेष्ठ रहेका छन् ।

उनले बिजु कार्कीलाई कम्बोडीया पठाइदिने भन्दै ७ लाख ठगी गरेको उजुरी परेको थियो ।   वैदेशिक रोजगार विभागको पत्रका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयमा खटिएको टोलीले श्रेष्ठलाई कोटेश्वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचारसबै