एसीसी प्रिमियर कप विजेता खेलाडी र प्रशिक्षकलाई जनही ६ लाख दिने सरकारको निर्णय

0 Shares

काठमाडौँ — एसीसी प्रिमियर लिग विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य र प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने मन्त्रिपरिषद्को बुधबारको बैठकले निर्णय गरेको छ । त्यस्तै मन्त्रिपरिषद्को बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउका लागि आगामी बजेटमा प्राथमिकता दिने पनि निर्णय गरेको छ ।

त्यस्तै, कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आगामी बजेटमा प्राथमिकता दिने निर्णय गरिएको छ ।

नेपालले मंगलबार एसीसी प्रिमियर कप जितेको थियो । यूएईलाई पराजित गर्दै नेपालले एसीसी प्रिमियर लिग जित्दै एसिया कपका लागि छनोट भएको थियो ।

सम्बन्धित समाचारसबै