बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी

0 Shares

काठमाडौँ – सत्ता गठबन्धनका दलको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी गठबन्धनको बैठकमा सरकारलाई पूर्णता दिने विषयमा केन्द्रित रहेको छ ।

बैठकमा सरकारको नीति कार्यक्रम र सरकार विस्तारबारे छलफल हुने बताइएको छ । उपनिर्वाचन पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सकारमा ल्याउने प्रधानमन्त्रीको तयारी छ । तर, रास्वपाले गृह मन्त्रालयसहित साविकका मन्त्रालय पाए मात्रै सरकारमा जाने अडान राखेको छ । यदि रास्वपा सरकारमा आए गठबन्धनमा रहेका दलबीचको भागबन्डामा साटफेर हुन सक्नेछ ।

सम्बन्धित समाचारसबै