नागरिकले सूचना पाउने अधिकार लोकतन्त्रको प्राण होः सभामुख घिमिरे

0 Shares

काठमाडौं– सभामुख देवराज घिमिरेले सार्वजनिक विषयका सूचना नागरिकस्तरमा विस्तार गर्न ‍आवश्यक रहेको बताएका छन्।  शुक्रबकार राष्ट्रिय सूचना आयोगको १६ औं स्थापना दिवसलाई सम्बोधन गर्दै सभामुख घिमिरेले सूचनाको  महत्वलाई उजागर गरी आम नागरिकका सूचनाको अधिकार सूचनाको अधिकार सुनिश्चित हुनुपर्ने बताएका हुन्।

उनले सूचनाको हक व्यवहारमा कार्यान्यवन गर्ने र प्रभावकारी बनाउने कुरामा सबै  सरोकारवाला निकायले जाेड दिनुपर्ने बताए।  सूचनाको पहुँच जति धेरै जनतामा पुग्छ त्यति नै प्रजातन्त्रको  कार्यान्वयन प्रभावकारी हुने उनको भनाइ छ। सूचना पाउने अधिकारप्रजातन्त्रको प्राण भएकाले सम्बन्धित निकायबाट पाउने सेवा, सुविधाको सूचना समाजमा बिस्तार गर्न आवश्यक रहेको उनले बताए।

सम्बन्धित समाचारसबै