दार्चुला हिमपहिरो : दुई जना अझै बेपत्ता

0 Shares

दार्चुला- दार्चुला हिमपहिरोमा परेर बेपत्ता भएका दुई जना अझै फेला परेका छैनन् । डोटीको जोरायल गाउँपालिका–२ बुडरकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापाको अवस्था अझै अज्ञात छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार बेपत्ता भएका दुई जनाको खोजी कार्य अझै जारी राखिएको छ । वर्षा र हिमपातका कारण खोजी कार्यमा असहज भएपनि तालिम प्राप्त सुरक्षाकर्मीले हिमपात गएको क्षेत्रमा स्थानीयवासीसँगको सहकार्यमा खोजी कार्य जारी राखेका छन् ।

गत साता गएको हिमपहिरोमा परी निधन भएका दुहुँ गाउँपालिका–४ दार्चुलाकी ३८ वर्षीया कमला कुँवर र उनका १८ वर्षीय छोरा प्रविण कुँवर तथा जोरायल गाउँपालिका–२ बुडर, डोटीकी ४५ वर्षीया नक्नी डोमा थापाको शव परिवारजनलाई हस्तान्तरण गरिएको छ ।

सम्बन्धित समाचारसबै