ओलीले भने- टोपबहादुर मेरो सम्पर्कमा हुनुहुन्न

0 Shares

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव तथा सांसद टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नरहेको बताएका छन् । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानबारे छलफल गर्न ओली सिंहदरबार पुगेका थिए ।

भेटपछि सञ्चारकर्मीहरूको प्रश्नमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीको अवस्थाबारे आफू अनभिज्ञ रहेको बताएका हुन् । उनले भने, ‘मेरो सम्पर्कमा हुनुहुन्न । तपाईंहरु नै बताइदिनुस् ।’ अपराधीलाई जोगाउन लाग्नुभएको हो भन्ने प्रश्नमा ओलीले केहीले यस्तो गलत हल्ला चलाएको स्पष्टीकरण दिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीसँग अध्यक्ष ओलीको यो दोस्रो भेट हो । गत बिहीबार पनि दुई नेताबीच यसै विषयमा छलफल भएको थियो । भेटपछि ओलीले निर्दोषलाई फसाउन खोजे नसहने चेतावनी दिएका थिए ।

सम्बन्धित समाचारसबै