शरणार्थी प्रकरणमा प्रधानमन्त्रीलाई दबाब आएको हुनसक्छ तर निष्पक्ष छानबिन हुनुपर्छ : माधवकुमार नेपाल

0 Shares

विराटनगर – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीलाई विभिन्न दबाब आएको हुन सक्ने भन्दै यसको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

पार्टीको संगठन विस्तार अभियानलगायत दोस्रो चरणको कार्यक्रममा सहभागी हुन विराटनगर  पुगेका नेपाललेे  विराटनगर विमानस्थलमा आज बिहान पत्रकारहरूसँग कुराकानी गर्दै “यो प्रकरणमा प्रधानमन्त्रीलाई पनि दबाब आएको हुनसक्छ तर यसको निष्पक्ष छानबिन हुनुपर्छ ” नेपालले भने।

नेपालले उपचुनावको परिणामले परम्परागत र पुराना राजनीतिक दलहरूको कार्यशैली तथा जनताको असन्तुष्टि प्रस्ट रुपमा देखिएको भन्दै अब सुधार भएर जानुपर्ने सुझाव दिए । “निर्वाचनको परिणामले पुराना दललाई सुध्रने सन्देश दिएको छ,” नेपालले भने । नेपालले अहिलेको गठबन्धनको विषयमा दलहरूबीच थप बहस आवश्यक रहेको भन्दै कमजोरी भए त्यसलाई सुधार गरेर अघि बढ्नुपर्ने पक्षमा आफू रहेको सुनाए ।

 

सम्बन्धित समाचारसबै