0
Shares
काठमाडौँ – वैशाख २५ देखि २७ गतेसम्म बजेट तयारी (प्रि-बजेट)बारे प्रतिनिधि सभामा छलफल हुने भएको छ । आइतबार बसेको संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा वैशाख २५ देखि २७ गतेसम्म प्रि-बजेटमाथि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गर्ने र २७ गते अर्थमन्त्रीले जवाफ दिने कार्यतालिका तय भएको हाे।
यो बाहेक परामर्श समितिको बैठकमा सदनलाई प्रभावकारी बनाउन अनिवार्य रूपमा महिनाको एक पटक प्रधानमन्त्रीले संसदमा सांसदहरुले उठाएका विषयको जवाफ दिनुपर्नेबारेमा समेत छलफल भएको छ । अर्थमन्त्रीले प्रिबजेटमाथि उठेका प्रश्नको जवाफपछि सरकारको नीति तथा कार्यक्रम आउने र जेठ १५ गते बजेट ल्याउने तयारी छ ।