संसदमा आजदेखि प्रि-बजेट छलफल हुने

0 Shares

काठमाडौं – प्रतिनिधि सभामा सोमबारदेखि बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सुरु हुँदैछ। स‌सद् बैठक आज बिहान ११ बजे बस्न लागेको हो। प्रतिनिधि सभा बैठकमा सोमबार देखि २७ गतेसम्म प्रिबजेट छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ। बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म प्रिबजेटमाथि छलफल गर्ने कार्यसूची तय भएको छ।

वैशाख २७ गते अर्थमन्त्री डा प्रकाशशरण महतले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची छ। अर्थमन्त्री महतले हिउँदे अधिवेशन सुरू भएकै दिन बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका थिए। बजेट पेस गर्नु १५ दिनअगावै प्रिबजेट छलफल सक्नुपर्ने अभ्यास छ। सरकारले जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

सम्बन्धित समाचारसबै