भारतबाट अवैध रूपमा ल्याउँदै गरेको गरगहनासहित १ जना पक्राउ

0 Shares

पर्सा — भारतबाट अवैधरूपमा ल्याउँदै गरेको गरगहनासहित प्रहरीले वीरगन्जबाट एक भारतीय नागरीकलाई पक्राउ गरेको छ । करिब ३० लाख रुपैयाँ बराबरको अवैधरूपमा सुन, हिरा तथा विभिन्न किसिमका पत्थरहरू ल्याउँदै गरेको भन्ने विशेष सूचनाको आधारमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४५ वर्षीय बुद्धदेव मैती रहेका छन्।

मैतीको शरीरको तलासी लिँदा उनले लगाएको गाढा निलो रङको ज्याकेटको गोजीमा लुकाइछिपाइ राखिएको सुन जस्तो देखिने पहेलो धातुको सिक्री २७ थान (२ सय २४ दशमलव ८ ग्राम), हिरा जस्तो देखिने टल्कने कालो सेतो पत्थर २१ दशमलव ९ ग्राम, पोल्की हिरा जस्तो देखिने पत्थर ५ दशमलव २० ग्राम, हरियो पन्ना जस्तो देखिने पत्थर ६ दशमलव ७८ ग्राम, रातो रुबी जस्तो देखिने पत्थर ८ दशमलव ४९ ग्राम, निलो रंगको निजम २ दशमलव ३८ ग्राम, तलमरी पत्थर ७२ ग्राम, रूबी जस्तो देखिने रातो पत्थर २१ ग्राम, रातो रंगको (कृत्रिम ) स्टोन ११ दशमलव ६ सय ग्राम फेला परेका थियो । ती गरगहनासहित मैतीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि आइतबार साँझ राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको  छ ।
सम्बन्धित समाचारसबै