दार्चुलामा चटयाङ लागेर एकको मृत्यु, दुई घाइते

0 Shares

दार्चुला – दार्चुलामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। सोमवार साँझ परेको चटयाङ लागेर शैल्यशिखर नगरपालिका–३ दुवेडीका १५ वर्षीय नरेश खत्रीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार सोही चटयाङमा परेर ४० वर्षीया मीना खत्री र ३० वर्षीय कुमार खत्री घाइते भएका छन् । सोमवार साँझ खेतमा काम गरिरहेको अवस्थामा उनीहरु नजिक चटयाङ परेको थियो ।

सम्बन्धित समाचारसबै