काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोशिमा कार्कीले प्रतिनिधि सभामा भ्रष्टाचारमा कहाँनिर लिङ्ग जोडिएको हुन्छ भन्ने प्रश्न गरेकी छिन्। उनले नेपाली काङ्ग्रेसकी सांसद आरजु राणालाई लक्षित गर्दै भनिन्– ‘टेप काण्डको अनुसन्धान गर्नुपर्छ भन्दा एक सांसदले भ्रष्टाचार भएको कुरा एक सांसदले महिला हिंसा भएको बताउनुभयो । मलाई उत्तर दिनुपर्यो, भ्रष्टाचारमा कहाँनिर लिङ्ग जोडिएको हुन्छ ?’ उनले चिनारी फेरेर भ्रष्टाचार र राष्ट्रघातक भएको बताइन । उनले सांसदहरूले बुझाएको सम्पत्ति विवरण वेबसाइट मार्फत सार्वजनिक गर्न र सम्पत्ति कर तिरे नतिरेको विवरण पनि सार्वजनिक गर्न माग गरिन् ।
प्रतिनिधि सभा सदस्यको सम्पत्ति विवरण वेबसाइटमार्फत सार्वजनिक गर्न आग्रह गरेकी छिन् । मङ्गलवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद कार्कीले भनिन्– ‘यो सदन देश विकासका लागि छलफल हुनुपर्ने ठाउँ हो कि एक भ्रष्ट्राचारी अर्को भ्रष्टाचारीलाई जोगाउने प्रहसन स्थल हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश लैजाने काममा देशका ठुला ठुला निकाय र नेताहरू संलग्न भएको कुरा बाहिर आएको छ । प्रहरीद्वारा पक्राउ पुर्जी जारी गर्दा पनि जोगाउने काम भइरहेको छ । एकले अर्कोलाई जोगाइरहने अनि यो देश काण्डै काण्डले डुबाइरहने ?’