0
Shares
काठमाडौं– प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले विरोध जनाएपछि १५ मिनेटका लागि स्थगित बैठक ४५ मिनेटपछि सुरु भएको हो ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्न दिने सहमति भएपछि बैठक बसेको हो । दोस्रो बैठकको सुरुमा सभामुख देवराज घिमिरेले लिङ्देनलाई आकस्मिक समय दिएका थिए ।