फरार सांसद टोपबहादुरले संसदलाई पठाए बिरामी पत्र

0 Shares

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि भागेका एमाले सांसद टोपबहादुर रायमाझीले बिरामी परेको पत्र संसद सचिवालयलाई पठाएका छन् । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले रायमाझीले बिरामी भएको पत्र पठाएको र प्राप्त भएको बताए ।

एमाले केन्द्रीय सचिव समेत रहेका रायमाझीलाई पार्टीले बुधबारै पदबाट निलम्बन गरेको छ । अदालतले पक्राउ पुर्जी जारी गरेपछि रायमाझी फरार रहेका थिए । गत बुधबार रायमाझीलाई अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

सम्बन्धित समाचारसबै