पोखरीमा डुबेर ५ वर्षीय बालकको मृत्यु

0 Shares

बर्दिबास – पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । सोनमा ७ जानकीनगरका ५ वर्षीय आसिक सदाको सोमवार साँझ घरछेउकै पोखरीमा डुबेर मृत्यु भएको हो ।

घरका परिवार मजदुरीका लागि बाहिर गएको बेला खेल्ने क्रममा पोखरीमा डुबेको अनुमान गरिएको छ । स्थानीयले पोखरीको पानीमा बालकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  घटना स्थलमा आवश्यक कानुनी प्रक्रिया पुरा गरी बालकको शवलाई पोस्टमार्टमका लागि जलेश्वरस्थित प्रादेशिक अस्पतालमा ल्याइएको जिल्ला प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारसबै